०७ माघ २०८१

एक घर एक धारा बनाउने नीति छ ः मन्त्री मगर

२० असार २०७६, शुक्रबार १४:३० मा प्रकाशित

काठमाडौँ, २० असार   ,,  खानेपानीमन्त्री बीना मगरले तराई÷मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम द्रुत रुपमा अगाडि बढेको बताउँदै दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको छ , ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ भन्नुभयो । पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाका बाँकी काम निर्धारित समयमै सम्पन्न हुनेमा मन्त्रालय आशावादी रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री मगरले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले यसै अनुरुप सबै जनतालाई खानेपानी र सरसफाइको पहुँच पु¥याउन आफ्ना नीति र कार्यक्रम केन्द्रित गरेको उल्लेख गर्नुभयो । सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपर्दाे बनाउनु हो ।” उहाँले भूकम्पले क्षति पु¥याएका खानेपानी र सरसफाइ योजना अगामी वर्षभित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखा, पाल्पा र रामेछापका सुख्खा ग्रामीण क्षेत्रमा लिफ्ट प्रविधिबाट खानेपानी पु¥याइएको छ । खानेपानी र सरसफाइका संरचनालाई कम विपद् जोखिम बनाइँदैछ ।” मन्त्री मगरले एक घर एक धारा र शौचालय बनाउने कार्यक्रम सरकारको रहेको जानकारी दिँदै आगामी वर्ष सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter