बनेपा, १९ असार ,, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पु¥याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई बुधबार नेपाल सरकार प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र नेपालका लागि स्वीस राजदूत श्रीमती एलिजावेथ भोन कपेलरले संयुक्तरूपमा उद्घाटन गरी स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तारण गरिएको हो । सो अवसरमा मन्त्री दुलालले भौतिक सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण भएकामा खुशी व्यक्त गर्दै त्यसलाई सही ढङ्गले प्रयोग र उपयोग गर्न सुझाव दिनुभयो । उहाँले नेपाल समाजवादोन्मुख राष्ट्र निर्माणको चरणमा अगाडि बढिरहेको अवस्थामा स्वास्थ्य राज्यको दायित्वभित्र गइसकेको अवस्थामा त्यसको सम्पूर्ण जिम्मा राज्यले लिने भएकाले निर्माण भएको भवन र त्यसबाट सबै नागरिकले समानरुपमा पाउने उचित सेवामा कुनै कमी आउन नदिने बताउनुभयो । “यो तपाईं÷हामी सबैले गरेको परिवर्तनबाट निर्माण गरेको संविधानले व्यवस्था गरी सुनिश्चित गरेको हाम्रो अधिकार हो”, उहाँले भन्नुभयो, “भवन र यहाँबाट उपलब्ध हुने सेवामा नागरिकहरुलाई निःशुल्क आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने छौँ ।” प्रदेश सरकार र स्थानीय सरकारको वडा सरकार त्यसमा कटिबद्ध भएर लाग्न उहाँले आग्रहसमेत गर्नुभयो । त्यससँगै अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति र औषधि उपचारको व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने बताउनुभयो । नेपालका लागि स्वीस राजदूत कपेलरले निर्माण सम्पन्न स्वास्थ्यचौकी भवनबाट राम्रो सेवा लिन पाउनेमा आशावादी भएको बताउनुभयो । विगत ६० वर्षको दौरानदेखि स्वीट्जरल्याण्ड सरकारले विभिन्न क्षेत्रमा एउटा असल मित्रको रूपमा सहयोग गर्दै आइरहेको स्मरण गराउँदै उहाँले विनाशकारी भूकम्पपश्चात पुनःनिर्माणमा सहयोग गर्दै आएको र त्यही अनुरुप भूकम्पले क्षति पु¥याएको माझीफेदाको स्वास्थ्यचौकी वन निर्माणमा सहयोग पु¥याएको बताउनुभयो । चौरीदेउराली गाउँपालिका अध्यक्ष दीननाथ गौतमले सुविधासम्पन्न भवनबाट नागरिकलाई प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने गरी सेवा प्रवाह गर्ने बताउनुभयो । भूकम्पले क्षति पुगी निर्माण भएको स्वास्थ्यचौकी भवन रु एक करोड ४० लाखमा दुईतले छ कोठा रहेको छ । प्रसूति सेवासमेत दिने गरी त्यसका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउनुका साथै पानी र फोहर व्यवस्थापन स्वास्थ्यचौकी परिसरभित्र हुने खालको सुविधासहितको भवन निर्माण गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू