१० माघ २०८१

नगरसभा स्थगित गर्न माग

१० असार २०७६, मंगलवार ११:३९ मा प्रकाशित

लहान, १० असार   , , आफुहरुसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित पाँच वडाध्यक्षले नगरसभा स्थगनको माग गर्नुभएको छ । नगरप्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६÷०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजयकर्ण दास र रामलखन महतोले प्रेस विज्ञप्ति जारी गरी नगरसभा स्थगित गर्न माग गर्नुभएको छ । उपप्रमुख साहले आव ०७४÷०७५ र ०७५÷०७६ को हरहिसाब पटक पटक सार्वजनिक गर्न आग्रह गर्दासमेत नगरप्रमुख यादवले हालसम्म यसतर्फ गम्भीर नभएको गुनासो गर्नुभयो । सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ । चरेससहित दुई पक्राउ प्रहरीले लागुऔषध चरेससहित सिरहाको धनगढीमाई नगरपालिकाबाट दुईलाई पक्राउ गरेको छ । प्रहरी विशेष टोलीले धनगढीमाई नगरपालिका–१० बाट चरेससहित धनगढीमाई नगरपालिका–११ निवासी रामभगत महतो र सोही नगरपालिका–१२ निवासी रामेश्वर महतोलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट १७ प्याकेटमा राखेको करीब साढे आठ किलो चरेस बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter