०८ माघ २०८१

गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना

२ असार २०७६, सोमबार १०:५३ मा प्रकाशित

ललितपुर, २ असार   ,,  वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरिनुका साथै भविष्यका लागि संरक्षण गरी राखिएका छन् । गोदावरीमा एक लाख ४५ हजारभन्दा बढी फूल फुल्ने वनस्पतिका हर्वेरियम नमूना वैज्ञानिक पहिचानका साथ संरक्षण गरी राखिएको वनस्पति विभागका अनुसन्धान अधिकृत राकेश त्रिपाठीले जानकारी दिनुभयो । “नेपालमा रहेका १०० वर्ष पुरानो वनस्पतिलाई गोदावरी हर्वेरियममा संरक्षण गरिएको छ”, त्रिपाठीले भन्नुभयो, “नेपालका सय वर्ष पुराना वनस्पतिको नमूना बेलायत, जापान र भारतमा समेत अध्ययनका लागि लगिएका छन् ।” यी नमूनालाई सदैव संरक्षित गर्न छ÷छ महीनाको फरकमा फन्गी साइड नामक ढुसीनासक औषधिले स्प्रे गरिने गरिएको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका अनुसन्धान अधिकृत तीलकुमारी थापाले जानकारी दिनुभयो । “उक्त नमूना राखिएको कोठामा स्पे्र गरेपछि लगभग एक महीना त्यहाँ छिर्न मिल्दैन्” । यस हर्वेरियममा महीनाको १०० भन्दा बढी विदेशी नागरिक अध्ययन, अनुसन्धान, तथ्याङ्क र सूचना सङ्कलन गर्न आउने गरेका छन् । विज्ञान, वायोटेक र फार्मेसी अध्ययन गर्ने सयौँ बढी स्वदेशी नागरिक गोदावरी हर्वेरियममा आउने हुँदा तिनीहरुलाई यस हर्वेरियमले विभिन्न जानकारी दिने गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter