१९ माघ २०८१

प्रधानसेनापति चीन जाँदै

३१ जेष्ठ २०७६, शुक्रबार १२:४२ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ   ,,  प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँ प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । सो भ्रमण दलमा उहाँकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम छ ।नेपाली सेनाले उच्च तहका सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीय हित र पारस्परिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । प्रधानसेनापतिसहितको टोलीे असार ७ गते स्वदेश फिर्ता हुने छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter