०८ माघ २०८१

इन्धन खर्चको रकम बालबालिकालाई

३१ जेष्ठ २०७६, शुक्रबार ११:५९ मा प्रकाशित

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ । उहाँले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गर्नुभएको हो । सो क्रममा १४ विद्यालयका ४८ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयमा नै पुगेर रकम वितरण गर्दै आउनुभएको छ । बाँकी रहेका केही विद्यालयका विद्यार्थीहरुलाई छिट्टै वितरण गर्ने उहाँले बताउनुभयो । “गाउँकार्यपालिकाले मेरो लागि इन्धन खर्च भनेर २०७५ सालमा महिनाको रु २५ हजारका दरले तीन लाख छुट्याइएको थियो”, उहाँले भन्नुभयो, “उक्त रकम गाउँपालिकामा रहेको अपाङ्गता तथा बाबुआमा नभएको टुहुरा छात्र÷छात्रालाई प्रतिव्यक्ति ६ हजार २५० का दरले आफैँ सम्बन्धित विद्यालयमा पुगेर वितरण गरेकी छु ।” विवरण सङ्कलनका क्रममा २६६ जनाको विवरण प्राप्त भएको र त्यसमा पनि प्राथमिकताका आधारमा छनोट गर्दा ४८ जनाको विवरण लिएर रकम वितरण गर्दै आएको बर्तौलाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter