१० माघ २०८१

व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

२८ जेष्ठ २०७६, मंगलवार १३:०७ मा प्रकाशित

आदिस अबाबा, २८ जेठ   ,,  अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर रहेको बताउनुभयो । विश्वव्यापी मामिलामा अफ्रिकाको आवाज एकै हुने गरेको र यो महादेश अझ बढी एकताबद्ध रहेको चर्चा गर्दै उहाँले भन्नुभयो – लगानीकर्ता र व्यावसायिक साझेदारीका लागि यस्तो एकताले थप सहयोग गर्दछ । रुस–अफ्रिका संवादका क्रममा रुस र अफ्रिकी मुलुकहरुबीचको रणनीतिक साझेदारीलाई अझ विस्तृत तुल्याउने विषयमा छलफल भएको बताइएको छ । उक्त संवादमा अफ्रिकाका ५५ मुलुकको सहभागिता रहेको थियो । अफ्रिकी संवादका अवसरमा आयुक्त अबुजाइदले अन्तर्राष्ट्रिय कम्पनीहरुका उच्च व्यक्तित्वसँग अफ्रिकी महादेशभित्र क्षेत्रीय स्तरका ठूला परियोजनामा लगानीका अवसर बारेमा द्विपक्षीय छलफल समेत गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter