०९ माघ २०८१

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह

२३ जेष्ठ २०७६, बिहीबार १२:२६ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो । विभिन्न छ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ समूहबाट करीब तीन महीना नियमित तालीम दिइएको थियो । तीमध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका चार विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालीम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो । यसमा विजेता पहिलो समूहले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही रु एक लाख प्रदान गरिने शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । विभिन्न चरणमा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानेर मूल्याङ्कन गरिएको थियो । उनीहरुका प्रस्तुति शहरी समस्याका मुख्य चार विषयमा निर्धारण गरिएको छ । प्रतिस्पर्धाका लािग राखिएका विषयमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन छन् । यस चरणमा आउनुअघि उनीहरुले पाँच चरण पार गरिसकेका छन् । प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौँका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने विश्वास लिइएको छ । जथाभावी फोहर फाल्नेलाई कारवाही काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर जथाभावी फाल्ने संस्कृतिको अन्त्यका लागि कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । महानगरले यहाँ आयोजना गरेको ४५औँ विश्व वातावरण दिवसका अवसरका बुधबार उहाँले एकाथरि सुधारको प्रयासमा लाग्ने अर्काथरि निष्फिक्री जथाभावी फोहर बाहिर निकाल्ने अवस्था रहेकाले कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले राम्रो काम गर्ने निजी क्षेत्रलाई प्रवद्र्धन गर्न सके परिणाम ल्याउन सजिलो हुने धारणा राख्नुभयो । वडा नं १२ का वडाध्यक्ष विकास डङ्गोलले प्रतिफल आउने गरी फोहरमा लगानी व्यवस्थापन गर्ने बताउनुभयो । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घरेलु फोहर व्यवस्थापन गर्न निजी क्षेत्रले पु¥याएको योगदानलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख शाक्यले परिवर्तन सेवा प्रालिले तयार पारेको पुस्तक परिवर्तन सन्देश नामक पुस्तक सार्वजनिक गर्नुभएको थियो । उक्त परिवर्तन सेवा प्रालिले तयार पारेको पुस्तकमा फोहर व्यवस्थापनका सम्भावना र चुनौतीलाई क्षेत्रगत आयामबाट चित्रण गरिएका लेख समावेश छन् । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter