११ माघ २०८१

जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित

१८ जेष्ठ २०७६, शनिबार १५:३० मा प्रकाशित

काठमाडौँ, जेठ १८ ,,  जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ । दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आयोजित ‘महिलाहरुको पारिश्रमिकविहीन सेवा कार्य र विकासमा उनीहरुको नेतृत्वमाथि जलवायु परिवर्तनले पारेको असर’ विषयक अन्तक्र्रियामा जलवायु परिवर्तनको समस्या समाधानका लागि सबै क्षेत्रबाट सहभागीमूलक ढङ्गले गर्नुपर्ने उपायहरुमा छलफल भएको थियो । सहभागीहरुले जलवायु परिवर्तनबाट महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यमा बढी असर परेको र त्यसले गर्दा विकास कार्य र सामाजिक सहभागितामा समेत प्रभाव परेको धारणा राख्नुभयो । नेपान अध्यक्ष चेतनाथ कणेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त कार्यमूलक अनुसन्धानमा हेल्भेटास नेपालको कोपिला नामक परियोजनाका तर्फबाट नेतृत्वदायी भूमिका खेल्नुभएकी उषा अर्याल (दाहाल)ले कार्यपत्र प्रस्तुत गर्र्नुभएको थियो । कार्यपत्रमाथि नेपान सदस्यहरु तोया गौतम, लालबहादुर वली, रुपा बस्नेत, सिंहबहादुर खड्का, दिवेश सायमी, गोविन्दराज पौडेल र एजिङ नेपालकी सञ्जु थापाले टिप्पणी गर्नुभएको थियो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter