१० माघ २०८१

युवा नेता ओम पटेलको सराहनिय कार्य:पक्की सडक ढलान

१४ जेष्ठ २०७६, मंगलवार २२:०० मा प्रकाशित

रौतहट  जेष्ठ १४  ,,रौतहटको परोहा नगरपालिकाको वडा नं ७ मोतिपुर नरकटिया टोलमा प्रदेश नं २ को भौतिक पूर्वधार विकास मन्त्रालयको सहयोगमा २ सय ३० मिटर पहिलो पल्ट छडको प्रयोग गरि सकड ढलान कार्य हेरे पछि पुरै गाउँ नै हर्षित भएको छ । टुडे खवरका पत्रकार अनुराग आन्नत विना प्रमाणको आरोप लगाएको सामाचारलाई च्यालेनज गर्दै सडक निर्माणकार्य सम्पन्न गरेको हो। राष्ट्रिय जनता पार्टी नेपालका युवा प्रभावशाली नेता ओमलोक पटेलको बिशेष पहलमा बर्षा यामै समयमा पैदल हिडन नसक्ने नरकटिया टोलमा मुख्य सडक भएपनि यस सडकको नाममा वर्तमान गाविस हुदा लाखौ रकम निकासी भएता पनि स्थानीय राम्रो सडकको अनुहार हेर्न आशमा आँखा नै पाकिसकेको अवस्थामा यस्तो सराहणीय कार्य गराउन विभिन्न भुमिका निर्वाह गर्न सफल समाजको ऐन बनेको स्थानीय मंगल पटेलले बताएका छन । लगभग ३२ लाखको लागतमा आर.सी.सी सडक ढलान भएको छ । यस्तो नमुना र गुणस्तरीय जनता मुखी विकास निर्माण कार्य पारदर्शिता हुन्छ भने यो गाउँका आम जनताले सपनामा पनि कल्पना समेत गरेको थिएन तर आफनो गाउँलाई अन्य ठाउँमा कसरी विकासको चर्चा हुन्छ भने युवा नेता पटेलले गराएको स्थानीय बिक्रान्त यादवले बताउनु भयो । छोटो समयमा राम्रो काम गरी आफनो क्षेत्रमै पहिलो प्लट युवा नेता पटेलले आर.सी.सी लामो दूरी सडक ढलान गराएका छन । सोही टोलमा १ किलो मिटर माटोपुरी ग्रेभल गर्ने काम थालेका छन । १८ लाखको लागतमा निर्माण हुन लागेको माटोपुरी सडक मोतिपुर बजार देखि दक्षिण रामपुरखाप टोल जोडने कार्य संचालन हुदा पनि छेउछाउबाट एक कोदालो माटो वा खाल्डो समेत नखनी धमाधम सडक तयार भई रहदा स्थानीमा खुशी देखिएको बिरेन्द्र प्रसाद यादवले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter