१० माघ २०८१

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

२६ बैशाख २०७६, बिहीबार १६:०५ मा प्रकाशित

वासिङ्टन, २६ बैशाख ,,  संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ । गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ । काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ । प्रति १ लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाहरुको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्षभित्र हुने गरेको छ । आमाहरुको मृत्यु हुने मुख्य कारणहरुमा मुटुरोग, सङ्क्रमण र रक्तश्राव रहेका छन् । सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ । राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ । ––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter