ललितपुर, २२ वैशाख ,, ललितपुर महानगरपालिकाले आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारको पर्यटक शौचालय क्षेत्र नजीकै पानी जम्मा गर्ने (रिजर्भ टयांकी) निर्माण गर्ने भएको छ । उक्त ट्यांकीबाट काठमाडौँ उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा पानीको उपभोग गर्ने सुविधा पाउनेछन् ।
महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको रु १० करोडमध्ये यो एउटा सानो ७० देखि ७५ लाखको योजना भएको ललितपुर – १२ का वडाध्यक्ष नारायणलाल अवालले जानकारी दिनुभयो । “उक्त ट्यांकी २५ हजार लिटर पानी अटाउने क्षमताको हुनेछ”, अवालेले भन्नुभयो, “ ट्यांकी निर्माणको लागि ढाँचा तयार सम्पन्न भइसकेकाले १५ दिनभित्रमा काम अघि बढाउने छाँै ।” उपत्यकामा तत्काल आगलागी भई पानीको आवश्यकता पूर्ति गर्न सजिलै होस् भनी यस माध्यमलाई अघि बढाएको बताइएको छ ।
यसैबीच महानगरपालिकाले रु तीन लाख खर्च गरी प्रत्येक वडामा दुई दुई सडक बत्ती राख्ने भएको छ । त्यस्तै अव्यवस्थित सडकमा ढुङ्गा छापेर हिँड्डुल गर्न सहज बनाउने योजना अघि बढाइने जनाइएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू