१९ माघ २०८१

नीति तथा कार्यक्रममा छलफल हुँदै

२२ बैशाख २०७६, आईतवार १२:०० मा प्रकाशित

सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमा छलफल हुनेछ ।

सदनमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, नेपाली काङ्ग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत २३ जना, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter