११ माघ २०८१

प्रदेशसभा सदस्यलाई अपाङ्गको मागपत्र

१७ बैशाख २०७६, मंगलवार १०:४७ मा प्रकाशित

मेरुदण्डीय पक्षघात समूह नेपालले प्रदेशसभा सदस्यलाई मागपत्र बुझाएका हुन् । गोकर्णेश्वर नगरपालिका–८ मा रहेकोे उक्त समूहले ३ नं प्रदेशसभा सदस्य छिरिङ लामालाई भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट उपलब्ध गराइदिन भन्दै मागपत्र बुझाएका हुन् ।

सोमबार गोकर्णेश्वर नगरपालिका– ८ मा रहेको मेरुदण्डीय पक्षघात समूह नेपालको कार्यालय पुग्नुभएका पुगेका प्रदेशसभा सदस्य लामालाई संस्थाका महासचिव केशव थापाले पत्र बुझाउनुभएको थियो ।

विसं २०७२ मा सात मेरुदण्डीय पक्षघात भएका व्यक्तिद्वारा स्थापना गरिएका मेरुदण्डीय पक्षघात समूह नेपाल गैरनाफामूलक सामाजिक संस्था हो । संस्थाले आफ्नो स्थापनाकालदेखि नै फरक क्षमता (अपाङ्गता भएका व्यक्ति) लाई सहयोग गर्दै आइरहेको छ ।

मेरुदण्डमा चोट लागि अपाङ्गता भएका विद्यार्थीलाई उनीहरुको पढाइमा निरन्तरता दिन सहयोग गर्ने उद्देश्यसहित गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा खाना, आवास र हेरचाहको व्यवस्थासहितको सहयाग गर्दै आइरहेको छ । उक्त संस्थाले मेरुदण्ड पक्षघात भएका विद्यार्थीका लागि स्वावलम्बन जीवनपद्धति आवास सञ्चालन गर्दै आएको छ ।

विभिन्न कक्षामा अध्ययन गर्ने नौ पुरुष र पाँच महिला गरी १४ ह्विलचियर प्रयोगकर्ता विद्यार्थी आवासीयरूपमा रहेको संस्थाका महासचिव थापाले बताउनुभयो । थापाले आगामी दिनमा आफ्नै भवन निर्माण गरी ५० मेरुदण्डीय पक्षघात भएका विद्यार्थीलाई आवासीय व्यवस्थासहितको पढाइ र सीपमूलक तालीम प्रदान गर्ने संस्थाको उद्देश्य रहेको जानकारी दिनुभयो ।

शुरुआती चरणदेखि हालसम्म भाडाको घरमा राखेर १४ विद्यार्थीलाई आवासीय व्यवस्थासहित पढ्ने वातावरण उपलब्ध गराइरहेको थापाले जानकारी दिनुभयो ।

माग पत्र बुझ्दै लामाले आफूले सकेको सकारात्मक पहल र सहयोग गर्ने बताउनुभयो । साथै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले नगरपालिकाबाट पनि भवन निर्माणलगायतका अन्य कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter