अछाम, १६ वैशाख ,, बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ । नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो ।
बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित बजारमा रहेको होटलमा बसिराखेको अवस्थामा वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । श्रीमती बटाला (रावल) ले बहुविवाह सम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी गरेकामा दुबैलाई अछाम जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा लिई अनुसन्धान थालिएकोे उहाँले जानकारी दिनुभयो ।
जबरर्जस्ती करणीको आरोपमा पक्राउ
अपहरण जबरर्जस्ती करणी गरेको अभियोगमा अछाममा एक व्यक्ति पक्राउ परेका छन् । कैलालीको गोदाबरी नगरपालिका–३ बस्ने २३ वर्षीय अनिल सुनारले बर्दिया बाँसगढी नगरपालिकाबाट गत चैत २१ गते १५ वर्षीया किशोरीलाई अपहरण गरी जबरर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । किशोरीका बाबुको जाहेरीका आधारमा सुनारले बालिकालाई आफूसँगै राखेको अवस्थामा अछाम प्रहरीले फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउपछि जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धानका लागि निज सुनारलाई हिरासतमा राखिएको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू