११ माघ २०८१

स्वास्थ्यचौकीमा औषधि अभाव

१६ बैशाख २०७६, सोमबार १४:३१ मा प्रकाशित

लहान, १६ वैशाख  ,,  सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्वक औषधि अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य भएका छन् । विगत ६ महीनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको चरम आभाव भएको हो ।

विगत एक सातादेखि ज्वरोले थलिएका सीतापुरका सहदेव साह उपचारका लागि स्वास्थ्यचौकी धाउँदै आए पनि औषधि नरहेको भन्दै स्वास्थ्यकर्मीले रित्तै फर्काएको गुनासो गर्नुभयो ।

अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्याण्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख चन्द्रप्रकाश पण्डितको मनाइ थियो । । उहाँका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाँका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एण्टिबायोटिक्स स्वास्थ्यचौकीमा छैन । अहिले दैनिक २०÷२५ जना बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिकाको स्वास्थ्य संयोजक शिवकुमार यादवले औषधि खरीद गरेर पठाउने तयारी भइहरेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter