१० माघ २०८१

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ वेपत्ता

१३ बैशाख २०७६, शुक्रबार १५:४० मा प्रकाशित

रियो डे जेनेरो  ,,  ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ ।

ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ ।

सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १२० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको ब्रुमादिनहोमा सो बाँध रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter