दमक, ६ वैशाख ,, पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे छ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका शरणार्थीको नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चाायुक्तको कार्यालयले आंशिक रुपमा स्वदेश फिर्ती, तेस्रो मुलुक पुनार्वास र परिचयपत्रका लागि छानबिन प्रक्रिया थालनी गरेको हो ।
भुटानी शरणार्थीको समस्या समाधानका लागि तेस्रो मुलुकमा पुनर्वास, स्वदेश फिर्ती र स्थानीयकरणका तीन विकल्प अघि सारिएको शरणार्थी समन्वय इकाइका प्रमुख तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । शिविरमा रहेका शरणार्थीमध्ये धेरै स्वदेश फर्कन चाहेकोे शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
सत्ताइस वर्षदेखि पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका एक लाख सात हजार भुटानी शरणार्थीमध्ये हाल करीब साढे छ हजार शरणार्थी शिविरमा बस्दै आएका छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू