१९ माघ २०८१

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

३ बैशाख २०७६, मंगलवार ११:२८ मा प्रकाशित

चितवन, ३ वैशाख,, भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो । यसैबीच पूर्वी चितवनमा गुडिरहको गाडीमा आफैँ आगलागी भएको छ ।

सोमबार साँझ ८.३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना५ख ३८६८ नंको बस गुडिरहेको अवस्थामा आफँै आगलागी भएको प्रहरी जनाएको छ । बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter