१९ माघ २०८१

भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

२ बैशाख २०७६, सोमबार १३:११ मा प्रकाशित

सोलुखुम्बु, २ वैशाख ,, माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter