१९ माघ २०८१

खानेपानीका लागि रिचार्ज पोखरी निर्माण

२ बैशाख २०७६, सोमबार ११:२६ मा प्रकाशित

बैतडी, २ वैशाख ,, खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् । सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् ।

सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिनुभयो । नवज्योति महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाले मिलेर पानीको मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले जानकारी दिनुभयो । पछिल्लो समय जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोगलगायतका कारणले पानीका मुहान सुक्न थालेपछि मुहान संरक्षणमा महिला सक्रिय छन् ।

पानीको मुहानबाट माटोको ढिस्कोले ड्याम बनाएर रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताउनुभयो । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाजले तटीय क्षेत्रका बासिन्दालाई पानीको मुहान संरक्षणका बारेमा जानकारी दिएपछि स्थानीय महिलाले रिचार्ज पोखरी निर्माण गरेको कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter