१९ माघ २०८१

विप्लवका चार कर्यकर्ताद्वारा आत्मसमर्पण

२६ चैत्र २०७५, मंगलवार १३:२७ मा प्रकाशित

बाँके, २६ चैत ,, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कागज गराएर छाडिए पनि उनीहरुको गतिविधिमाथि निगरानी गरिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter