११ माघ २०८१

घाइतेका लागि रक्तदान

२१ चैत्र २०७५, बिहीबार १३:४६ मा प्रकाशित

काठमाडौँ, २१ चैत ,, बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि ८२ सन्तमहात्माका पदाधिकारी र भक्तजनले आज रक्तदान गरेका छन् । काठमाडौँमा उपचाररत बिरामीलाई रगतको अभाव भएको जानकारी पाएपछि नेपाल मानव धर्म सेवा समितिले आकस्मिक रक्तदानको अयोजना गरेको हो । “अस्पतालमा बिरामी रगत नपाएर ज्यान जान सक्ने अवस्था रहेकाले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौँ,” समितिका केन्द्रप्रमुख सन्तमहात्मा चमेली बाईले बताउनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललगायत राजधानीका ठूला अस्पतालमा पटक पटक रगतको अभाव हुने गरेको छ । नेपाल मानव धर्म सेवा समिति रक्तदान गर्ने एउटा प्रमुख संस्था बनेको छ । संस्थाले विभिन्न अवसर पारेर देशैभरिका आश्रममा रक्तदान गर्ने गरेको छ । यस वर्ष पनि मानव धर्मका प्रणेता सद्गुरु सतपालको जन्मोत्सव पारेर एकै दिनमा करीब एक हजार ४७ प्वाइन्ट ब्लड सङ्कलन गर्न सफल भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter