१९ फागुन २०८१

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

२१ चैत्र २०७५, बिहीबार १२:१३ मा प्रकाशित

काठमाडौँ, २१ चैत,,  प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कार्यक्रमहरु नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्छ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्छ ।

” बैठकमा सहभागी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका अनुसार प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आँधीहुरीपीडित बारा र पर्साका बासिन्दालाई राहत र पुनःस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगले तयार गरेको आगामी १५औँ आवधिक योजनाको मस्यौदा आधारपत्रलाई अन्तिमरुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौँमा हुनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter