१० माघ २०८१

दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

१८ चैत्र २०७५, सोमबार १५:३५ मा प्रकाशित

हुम्ला, १६ पुस ,,  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा स्थानीय सरकारले लिए पनि अझैसम्म पुस्तक नपुगेको शिक्षक ऐडीले गुनासो गर्नुभयो ।
दुर्गम जिल्ला भएकाले विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै नपुग्ने, जिल्ला बाहिरका शिक्षक घर बिदा जाँदा समयमै उपस्थित नहुनेलगायतका समस्याले यहाँका विद्यार्थीलाई अध्ययनको सिलसिलामा जिल्लाबाहिर जाँदा निकै समस्या हुने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter