११ माघ २०८१

युक्रेनमा राष्ट्रपतिको निर्वाचन

१७ चैत्र २०७५, आईतवार १५:२० मा प्रकाशित

किभ, युक्रेन, १७ चैत ,, युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिनुभएको छ ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।

मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाइएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्को रहनुभएको छ ।

युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter