१८ माघ २०८१

मुख्यमन्त्री राई होली मिलन समारोहमा

७ चैत्र २०७५, बिहीबार १०:४९ मा प्रकाशित

विराटनगर, ७ चैत ,,  आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने होली पर्वले हामी सबैलाई प्रेरणा दिन सकोस् भन्ने सन्देशका साथ शुभकामना आदानप्रदान गर्दै होली मिलन आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला कार्यसमितिद्वारा मदन स्मृति भवन पाञ्चालीमा आज बिहान आयोजित होली मिलनमा मुख्यमन्त्री शेरधन राईसहित पार्टीका नेता रामलाल साह तथा कार्यकर्ताले एकापसमा रङ लगाएर होली शुरु गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, बुद्धिराज राजभण्डारी, यशोदा अधिकारी, नेकपाका केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मी, पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ता, प्राध्यापक, कर्मचारी, सञ्चारकर्मी र शिक्षकको सहभागिता थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter