१३ माघ २०८१

दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

२७ फाल्गुन २०७५, सोमबार १४:०३ मा प्रकाशित

वासिङ्टन, २७ फागुन ,,  – छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।

बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् ।

आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही ७३७ मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी सङ्ग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन् । यी दुई उपकरणमा सङ्ग्रह हुने सूचनाको विश्लेषण र अध्ययनबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ ।

“पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेश दिइएको थियो,” इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter