दाङ, १४ जेठ (रासस) स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आज स्थानीय शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला फैलिएको स्थानमा पुगेको छ ।
महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलको नेतृवमा त्यहाँ पुगेको टोलीले त्यहाँ रहेका छ बिरामीबाट परीक्षणका लागि नमूना लिने काम शुरु गरेको छ । त्यसमा हैजाको जीवाणु छ कि छैन भन्ने काठमाडौँ पुगेर परीक्षण गरेपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।
पौडेलले दाङ खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि खानेपानी वरपर बस्ती भएकाले दिसाको जीवाणु पानीमा मिसिएको हुँदा झाडापखाला लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको बताउनुभयो । पातेटाकुरामा महामारीका रुपमा फैलिएको झाडापखाला पछिल्लो समयमा नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू