वामी, २३ माघ ,,, ः गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।
मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य खड्क केसीले अबकोे समय राजनीतिक लडाईंमा भन्दा पनि विकासका लडाईंमा लाग्ने समय आएको बताउनुभयो ।
उक्त खानेपानी आयोजनाबाट वडा कार्यालय, तीन विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकीसहित १६९ परिवारलाई लाभान्वित भएका छन् ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रोचरण अन्तर्गत नेपाल सरकार र फिनल्याण्ड सरकार र मुसिकोट नगरपालिकाको संयुक्त रुपमा खानेपानी आयोजना सम्पन्न गरिएको हो ।
नेपाल सरकारको रु ५० लाख १४ हजार १३९ तथा फिनल्याण्ड सरकारको ५० लाख १४ हजार १३९ रुपैया, मुसिकोट नगरपालिकाको अनुदान रु १३ लाख ९२ हजार ८१६ तथा २५ लाख ७ हजार ६९ स्थानीय उपभोक्ताको नगद तथा जनश्रमदान गरी कूल एक करोड ३९ लाख २८ हजार १६४ को आर्थिक लागतमा खानेपानी सम्पन्न गरिएकोे हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू