डाभोस, ९ माघ,, विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ ।
माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करीब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन् ।
मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १०० देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान काम गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।
स्विट्जरल्याण्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू