कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन।
कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह,सूचना अधिकृत साकिर शाह,युवा समाज सेवी तुफेल अहमद,वडा३का अध्यक्ष सगीर अहमद खाँँ,विनि.राम करन पाल,लगायत का टोलीले आज १३:००बजेको समयमा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीया मा पुगी दुबै मदरसा मा रहेको समस्या व हाल सम्मा भयी रहेको प्रशिक्षण को स्थिती र दुबै मदरसा का अध्यक्ष,प्र.अ.,र शिक्षक संग भेट गरिएका छन्।
ग्रल्स कालेज का बिद्यार्थीहरु ले आफ्नै कालेजमा सिलाई कडाई र कला सिकेर तैयार गरेको बिभिन्न किसीमको कपडा,फल,फूल लगायतका सामानहरु प्रदर्शनी को रुपमा राखेको अवलोकन टोली ले गरेका थिए।साथै कालेज मा रहेको कम्प्यूटर कोठा,सिलाई कडाई कोठा,हास्टलको सर सफाई लायत बिषयहरुमा चर्चा र प्रशंसा पनि गरेका छन्।
मदरसा सिराजुलवलुम अल सल्फीया का अध्यक्ष समीम अहमद नदवीले भनेकि यो मदरसा को भवन पक्की ५बिग्घा मा बनेको छ र यो मदरसा मा अन्दाजी ९००बिद्यार्थी पाठ पठन गर्दै छन् यो मदरसा मा हास्टेलको व्योस्था छ।छिमेकी मित्र राष्ट्र भारतको बिभिन्न जिल्ला बाट र नेपालको दुर्गम जिल्ला बाट आएका बिद्यार्थीहरु हास्टलमा बसि शिक्षा लिदै रहेका तर यो मदरसाको बाउन्ड्री वाल न हुनाको ले धेरै बिभिन्न किसीमको समस्या भयी रहेको छ।
त्यसै क्रममा ग्रल्स कालेज का अध्यक्ष डा.मन्जूर आलम खाले भनेकि कालेज मा नेपाल भारत लगायत अन्दाजी ७०० छात्राहरु पढदै छन्।५०० छात्रा हास्टेलमा बसी र लगभग २०० छात्रा आफ्नो घर बाट आउदै जादै छन्। यस कालेजमा गरिब वर्ग का बिद्यार्थीहरु लाई फ्री मा पढाउने व्योस्था पनि हामी गरेका छन्।तर यस कालेज मा कक्षा कोठा को कमी ले शिक्षा दिन मा हामी लाई समस्या भयी रहेको बताए ।
नगर प्रमुख शाह ले भनेकि हामी शिक्षाको क्षेत्रमा बढी भन्दा बढी लगानी गर्ने प्रयास मा छन्।यी समस्याको बारेमा छलफल गरी सके सम्मा पूर्णरुप ले सहयोग गर्छौ ।
नगर प्रमुख लगायत टोलीको स्वागत राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मकसूद खाँ नेपाली,प्र.अ.मौलाना खुर्शीद अहमद अलसल्फी,लगायत मौलाना शिक्षकहरु ले गरेका थिए।
तपाईंको प्रतिकृयाहरू