विराटनगर, २ माघ ,, “आफूलाई जन्मदिने आमाबुबा वृद्धहुँदा अनाथाश्रममा लानुभन्दा उहाँहरुको सेवा गर्नु सर्वोत्तम धर्म हो” भन्ने धारणाका साथ राससका पूर्व कर्मचारीले सहयोग गर्नुभएको छ ।
राष्ट्रिय समाचार समिति प्रदेश नं १ को कार्यालय विराटनगरमा विसं २०३३ मा सेवामा प्रवेश गरी २६ वर्ष लगातार सेवा गरेपछि अवकाश लिनुभएका विराटनगर निवासी मीना श्रेष्ठले आज यहाँ एक थान भोल्टेज नियन्त्रक मेशिन प्रदान गर्नुभयो ।
पूर्व सञ्चारकर्मी श्रेष्ठले आपूm राससमा प्रवेश गर्दा रु १७५ मासिक पारिश्रमिक पाउने गरेको र अवकाशको समयमा रु पाँच लाख उपदान पाएको कुरा सुनाउँदै आफू काम गर्ने संस्थालाई बलियो र सुदृढ बनाउन आगामी दिनमा निरन्तर सहयोग गर्ने बचन दिनुभयो ।
विगत १० वर्षदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएकी श्रेष्ठले यसअघि रासस विराटनगरमा समाचार सम्प्रेषणमा सहयोग पु¥याउने उद्देश्यले एक थान इन्भटर र रासस राजविराज कार्यालयलाई सोलार बत्ती समेत सहयोग गर्नुभएको थियो ।
श्रीमती श्रेष्ठले अक्षय कोषको स्थापनामा गरी तीन वर्षदेखि मोरङ जिल्ला कार्यक्षेत्र बनाई कार्य गर्ने प्रत्येक वर्ष एक महिला सञ्चारकर्मीलाई रु ११ हजार १११ को पुरस्कार प्रदान गर्दै आउनुभएको छ । केही समयअघि विराटनगर–१० स्थित सोमबारे हटियामा एक थान चापाकाल जडान गर्नुभएको छ । उक्त चापाकलबाट सो क्षेत्रका सर्वसाधारणलाई खानेपानीे सहज भएको छ ।
यसैगरी उहाँले विराटनगरमा रहेको एक वृद्धाश्रममा एक थान दूधालु गाई सहयोग गर्नुभएको छ । वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुको स्वास्थ्यमा सुधारहोस् भन्ने हेतुले सहयोग प्रदान गर्नुभएको छ । उहाँले यसअघि यस क्षेत्रका विभिन्न मठमन्दिरका जीर्णोद्वारमा सहयोगसमेत पु¥याउनु भएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू