खोटाङ, २ माघ ९ ,, एँेसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ९एँेसेलुखर्क०, माक्पा मावि ९माक्पा०, कालिका बालविकास मावि ९राखा०, कालिका मावि ९बाकाचोल०, शान्तोद्धय मावि ९ज्यामिरे०, सिम्ले मावि ९जलेश्वरी० र शिशु मावि ९महेश्वरी०मा सोलार प्यानेल जडान गरिएको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक सहयोगमा प्रत्येक विद्यालयमा दुई÷दुई किलोवाट क्षमताको सोलार प्यानेल जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “सोलारले कम्प्युटर कक्षा सञ्चालन, इ–हाजिरी, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुगेको छ ।”
गाउँपालिकाको पहलमा एपेक्स सौर्य ऊर्जा कम्पनीले उक्त विद्यालयमा सोलार प्यानेल जडान गरिएको जनाइएको छ । सौर्य प्रणाली जडान गरिएपछि सबै विद्यालयमा कम्प्युटर कक्षा शुरु गरिएको छ । सात वटा वडा रहेको उक्त गाउँपालिकामा आठ वटा मावि रहेको छ । आठ माविमध्ये जालपा मावि बाकोचोलमा जडान गर्न बाँकी रहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो ।
गाउँपालिका प्रमुख निरौलाका अनुसार उक्त विद्यालयमा पनि सर्वेक्षणको काम सकिएकाले चाँडै नै जडान गरिने जनाइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् भरपर्दो नभएपछि उक्त विद्यालयमा सौर्य प्रणाली जडान गरिएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो । सौर्य ऊर्जाबाट विद्यालयमा जुनसुकै समयमा पनि कम्प्युटर कक्षालगायत विद्युतीय काम गर्न सहज भएको सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताउनुभयो ।
स्मृतिपार्क निर्माण गर्न समिति
खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाममा स्मृतिपार्क निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको छ । रामप्रसाद राई स्मृतिपार्क निर्माणका लागि इन्द्रबहादुर राईको अध्यक्षतामा सात सदस्यीय स्मृतिपार्क तथा टुँडिखेल संरचना निर्माण समिति गठन गरिएको हो ।
स्मृतिपार्क निर्माणका लागि प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’को पहलमा १ नम्बर प्रदेशबाट रु २० लाख र खोटेहाङ गाउँपालिकाले पनि रु १० लाख बजेट विनियोजन गरेको छ ।
तत्कालीन राणाकालमा सेनाको लेफ्टिनेन्ट रहेका राईको नेतृत्वमा खोटाङ बजारमा निर्माण गरिएको टुँडिखेल तथा २००५ सालमा रोपेको समीको रुख संरक्षण गर्न शालिकसहितको स्मृतिपार्क निर्माणको काम अघि बढाइएको जनाइएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू