१० माघ २०८१

तीन अर्बको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक

३० पुष २०७५, सोमबार १४:५८ मा प्रकाशित

काठमाडौँ, ३० पुस ,, नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१ दिने टे«जरी बिल बिक्री गरेको थियो ।

सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter