१० माघ २०८१

अमेरिकासँगको व्यापार विवाद यो बर्षभरिमा निकास पाउँछ ,, चीन

२९ पुष २०७५, आईतवार २०:५९ मा प्रकाशित

चीन, बेइजिङ, २९ पुस ,, अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका बाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताउनुभएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफल भएको र कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको उहाँको भनाई थियो ।

बाणिज्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, “वार्ताबाट व्यापारबारे पारस्पारिक चासोका बिषयलाई समाधान गर्न आधार खडा भएको छ । हामीले सावधानीपूर्वक चीन–अमेरिका आर्थिक तथा व्यापार विवादलाई यसै बर्षमा समाधान गर्छौँ ।”

झोङले भन्नुभयो, “बेइजिङले बाहिरी लगानीलाई पनि प्रोत्साहित गर्नेछ, वैदेशिक लगानीका लागि कानून अनुमोदन गराउने र विवाद समाधान प्रणालीमा सुधार ल्याउनेछ ।”

चीनका नीतिनिर्माताहरूले थप खुला र स्वतन्त्र बजारका लागि काम गर्न लामो समयदेखि प्रतिवद्धता जनाएपनि तर अधिकारीहरूद्वारा उक्त प्रतिवद्धतालाई कार्यान्वयनमा लाने कुरामा ढिलाइ भइरहेको छ ।

यूरोपेली यूनियन च्याम्बर अफ कमर्सले चीनको स्वतन्त्र बजारप्रतिको नीतिलाई ‘संवेदनरहित प्रतिवद्धता’ का रूपमा लिएको छ ।

झोङले भन्नुभयो, “चीनको नकारात्मक सूची, जसले निश्चित उद्योगहरूमा लगानी गर्न कडाई गरेको छ, लाई थप कमजोर बनाएको छ ।” बेइजिङले पनि आर्थिक क्षेत्र बिस्तारमा देशबाहिरको लगानी भित्राउनका लागि चिनियाँ सरकारको संयुक्त सहकार्यविना नै खुला बनाउने पहल गरिरहेको छ ।

खासगरी विदेशी लगानी निर्माण, उच्च प्रविधिजन्य उद्योग र चीनको भित्री क्षेत्रमा लगानी गर्ने कुरालाई मन्त्री झोङले विशेष जोड दिनुभयो । यो बिषय र गत बर्ष गरिएका प्रतिवद्धतामा भिन्नता खासै नपाइने यूरोपको बुझाई छ ।

अमेरिकी लगानीलाई लक्षित गरी थप खुला क्षेत्रको सुनिस्चतता र आर्थिक सुधारका पक्षमा नै वासिङ्टनसँगको वार्ता केन्द्रित रहेको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter