११ माघ २०८१

द्वन्द्वपीडित सुरक्षाकर्मीको धर्ना

२९ पुष २०७५, आईतवार १६:२० मा प्रकाशित

काठमाडौँ, २९ पुस ,,  द्वन्द्वपीडित सुरक्षाकर्मीले विभिन्न माग राखेर आज माइती घर मण्डलामा धर्ना दिएका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने, बेपत्ता मृतक सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारी सुनिश्चित गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा धर्ना दिएका हुन् ।

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने र द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । द्वन्द्वपीडित सुरक्षाकर्मीले द्वन्द्वपीडित परिचयपत्रको वर्गीकरण गरी ‘क’ वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्नेसमेत माग गर्दै आएका छन ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter