०६ माघ २०८१

रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

११ जेष्ठ २०७५, शुक्रबार १७:३८ मा प्रकाशित

काठमाडौँ, ११ जेठ (रासस)  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा उहाँले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताउनुभयो ।

कार्यक्रममा कृतिमाथि टिप्पणी गदै दीपेन्द्र अधिकारीले लेखक रिमालले भूकम्पमा लेखेका भोगेका कुरा कवितामा उल्लेख गरेको बताउनुभयो ।

उहाँले प्रकृतिले विनाश गरेको कुरालाई लेखकले सास्कृतिक विम्ब प्रयोग गरी मिठासपूर्ण रुपमा कविता, र हाइकुमार्फत व्यक्त गरेको बताउँदै साहित्यकार जति पीडामा हुन्छ त्यति नै बढी सशक्त भएर लेख्ने गर्छन् भन्नुभयो ।
कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले लेखकले भूकम्पमा आफूले देखेभोगेका कुरालाई कवितामार्फत प्रस्तुत गरेकाले कृतिलाई दृश्य साहित्यको संज्ञा दिनुभयो ।
कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले बारपाक कृति सानो भए पनि यसले दिने सन्देश ठूलो भएको बताउनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रिमालको कृतिले समाज परिवर्तन गर्न सहयोग पु¥याउने बताउनुभयो । नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रिमालको कृतिबाटसरल भाषामा भूकम्पलाई बुझ्न सहयोग मिल्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपाली समाज भूकम्पपछि कता जाँदैछ भन्ने सन्देश कृतिले दिएको उल्लेख गर्नुभयो ।
कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter