०५ माघ २०८१

स्वास्थ्य क्षेत्रमा नमूना काम

२० पुष २०७५, शुक्रबार १५:२३ मा प्रकाशित

सङ्खुवासभा, २०,, धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ ।

नगरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरिनेछ । साथै त्यस्ता प्रत्येक रोगीलाई नगरको बजेटबाट रु १५ हजारका दरले औषधि उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएसँगै १० जना रोगीले यस किसिमको सुविधा लिइसकेको जानकारी नगर प्रमुख रमेश जिमीले दिनुभयो ।

जिमीका अनुसार २२ जना बढी दीर्घ रोगीले यस किसिमको सुविधाका लागि निवेदेन दिइसक्नुभएको छ ।

रोगीको पहिचान गर्दा सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको समेत उहाँले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter