१२ माघ २०८१

‘बालबालिकाकोे सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’

१८ पुष २०७५, बुधबार १०:२४ मा प्रकाशित

साँखु, १८ पुस,, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उहाँले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । “बालबाललिका विद्यालयबाट समयमा घर आउँछन्, आउँदैनन्, के–कस्ता साथीसङ्गतमा छन्, अभिभावकले चासो दिनुपर्छ,” थापाले भन्नुभयो ।

‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नागरिक र प्रहरीबीचको सहकार्य तथा समझदारीबाट मात्रै समाज अपराध र भयमुक्त हुने उहाँको भनाइ थियो । बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध दुव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी तथा अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयमा गठित कार्यक्रमले प्रहरी र विद्यार्थीबीच सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथामका साथै सूचना सङ्कलन र आदानप्रदान गर्न मद्दत पुग्ने बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष देशभरी एक हजार ४८० बलात्कारका घटना भएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter