१३ फागुन २०८१

श्रीलङ्कामा भारी वर्षा र हुरीका कारण पाँचको मृत्यु सात वेपत्ता

७ जेष्ठ २०७५, सोमबार २१:०६ मा प्रकाशित

कोलोम्बो, श्रीलङ्का, ७ जेठ (रासस÷सिन्ह्वा)  श्रीलङ्कामा विशाल हुरीसँगै आएको भारी वर्षाका कारण पछिल्ला दुई दिनमा कम्तीका पाँच जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका यहाँको विपद् व्यवस्थापन केन्द्रले सोमबार अद्यावधिक गरेको विवरणमा जनाइएको छ ।

वर्षाका कारण पूर्वी त्रिन्कोमाली जिल्लामा पाँच जनाले ज्यान गुमाएको केन्द्रले पुष्टि गरेको छ । आँधीका कारण कम्तीमा नौ हजार नागरिक प्रभावित भएका छन् भने मौसम विज्ञान विभागको आगामी दिनमा थप वर्षा हुने चेतावनीपछि सयौँ परिवारलाई उनीहरूको घरबाट सुरक्षितस्थलतर्फ जान निर्देशन दिइएको छ ।

विभागका प्रवक्ता प्रदीप कोदिप्पिलीका अनुसार श्रीलङ्काका पाँच प्रमुख नदीहरूको प्रवाह खतराको विन्दूभन्दा माथि पुगेपछि नदी किनारामा भएका वस्तीका नागरिकलाई सुरक्षित उच्च तहमा जान आग्रह गरिएको छ ।

प्रवक्ताले सवारागामुवा प्रान्तको रत्नपुरा जिल्लामा पनि बाढीका कारण डुबान र पहिरोका समस्या देखिएका बताउनुभयो । वर्षापछि कालुटारा, केगाली, रत्नपुरा, वाडुला, नुवारा एलिया, गल्ली र कुरुनेगाला क्षेत्रमा प्रभाव पर्ने चेतावनी दिइएको छ ।

प्रवक्ता कोदिप्पिलीले भन्नुभयो, “श्रीलङ्काको प्रहरी तथा अन्य सुरक्षा फौजलाई राहत तथा विपद्का कारण निम्तनसक्ने आवश्यक सहयोगका लागि तयारी अवस्थामा राखिएको छ । नदीको किनारा क्षेत्रमा रहेका नागरिकलाई सुरक्षितस्थलतर्फ जान आग्रह गरिएको छ ।”

यसैगरी अफगानिस्तानको उत्तरी क्षेत्रमा पनि भारी वर्षाका कारण वस्तीहरूलाई बगाएको र डुबानमा पारेका खबरहरू प्राप्त भएका छन् ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा विगत तीन दिनदेखि परिरहेको वर्षाका कारण झण्डै १०० भन्दा बढी घरहरू बगाएका प्रान्तीय परिषद्का सदस्य आयुब मोहम्मद युसुफले बताउनुभयो ।

इमाम साहिम क्षेत्रमा वर्षाका कारण करिब एक सय घरहरू बगाएको र सयौँ घर बाढीका कारण प्रभावित भएका उहाँले बताउनुभयो । बाढीका कारण सयौँ परिवार घरबिहीन बनेका उहाँले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter