१२ माघ २०८१

पृथ्वीनारायण शाहको योगदानको चर्चा

१५ पुष २०७५, आईतवार ०९:५३ मा प्रकाशित

काठमाडौँ, १५ पुस,,  पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।

नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भन्नुभयो ।

उहाँले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायण शाहमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गर्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गर्नुभयो । उहाँले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौँ, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको चर्चा गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गर्नुभयो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य हो भन्नुभयो ।

उहाँले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताउनुभयो ।

प्राध्यापक लालबाबु यादवले काठमाडौँका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौँमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गर्नुभयो ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व अभियन्ता भरत बस्नेतले गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter