काठमाडौँ, १० पुस,, यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।
‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार उक्त प्रदर्शनीमा १४० कक्ष रहने छ । “मेलाको मुख्य उद्देश्य स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी दिनु रहेको छ,” मेलाका संयोजक नवराज गौतमले भन्नुभयो । मेलामा विशेषगरी छालाको जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारको कक्ष रहने छ ।
‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ हुन लागेको सो मेलाको करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ । मेलामा सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू