०५ माघ २०८१

गोरखाको सामागाउँ जङ्गलमा आगलागी

९ पुष २०७५, सोमबार १२:३१ मा प्रकाशित

गोरखा, ९ पुस,, जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताउनुभयोे । “अहिले पनि आगो नियन्त्रणको प्रयास गरिरहेका छौँ तर कतिबेलासम्म नियन्त्रण हुने हो भन्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कति क्षेत्रफल जङ्गलमा आगलागी भयो भन्नेबारे पनि यकिन पनि गर्न सकिएको छैन । ”

आगलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter