१० माघ २०८१

सर्वाेत्कृष्ट खेलाडीले एक÷एक लाख पाउने

८ पुष २०७५, आईतवार १३:४० मा प्रकाशित

काठमाडौँ, ८ पुस,, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही रु एक लाख पुरस्कार पाउने भएका छन् ।

अघिल्लो वर्षका प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडीको घोषणा गरिने सङ्घले जनाएको छ । सङ्घका अनुसार सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार यस वर्षदेखि जनता बैंकले उपलब्ध गराउने भएको छ ।

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र खेलाडी सङ्घका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म सङ्घलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि रु दुई लाख उपलब्ध गराउनेछ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा सङ्घले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter