१० माघ २०८१

क्युबामा भएको विमान दुर्घटनामा सयजना भन्दा बढीको ज्यान गयो, क्युबा शोकमा

५ जेष्ठ २०७५, शनिबार ०९:३० मा प्रकाशित

हवाना, ५ जेठ (रासस÷सिन्ह्वा)  ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ ।

क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् ।

मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ ।

उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ । तर जिवीत ३ जना पाइएकोले ती तीन जना चालक दलका सदस्य हुन् वा यात्रु भन्ने बारेमा अझै खुलेको छैन।

जिवीत तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ । जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो ।

जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो ।

क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो । समस्या बारे कुनै पनि पूर्व सूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।

उद्धार कार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए । परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि जहाजमा आगो लागेकोले समयमै विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।

क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्रु रहेको जनाएका छन् । त्यस विमानमा चालक दलका पाँचजना सदस्य सवार रहेको बताएका छन् ।

चलक दलका सदस्यमध्ये पनि लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।

उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ । यो विमान क्युबाको सरकारी एयरलान्सको जहाज हो ।

हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो ।

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter