११ माघ २०८१

विभिन्न क्षेत्रका २६ व्यक्ति सम्मानित

८ पुष २०७५, आईतवार १०:०० मा प्रकाशित

काठमाडौँ, ८ पुस,, नागरिक एकता समाजले मुलुक निर्माणमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई सम्मान गरेको छ ।

समाजद्वारा यहाँ शनिबार आयोजित ‘मुलुकको आर्थिक समृद्धि र सहकार्य राष्ट्रका लागि अपरिहार्य’ विषयक अन्तरक्रिया, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल र धनुषा डिष्टिलरी प्रालिका अध्यक्ष किशनकुमार धनावतलगायतलाई सम्मान गर्नुभयो ।

त्यसैगरी समाजले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम श्रेष्ठ, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी अधिकृत नरेन्द्र मिश्र, सञ्चारिका समूहकी सचिव यशोदा अधिकारी र नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानका महासचिव खेम तिरुवालगायत २६ जनालाई सम्मान गरेको हो ।

सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । समाजका अध्यक्ष सीताराम कार्कीले देश निर्माणका लागि वर्तमान सरकारलाई राम्रो अवसरमा भएको भन्दै मुलुकको आर्थिक विकासमा केन्द्रित हुन सरकारलाई अपिल गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter