१० माघ २०८१

अत्यधिक बर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

४ जेष्ठ २०७५, शुक्रबार २१:०७ मा प्रकाशित

चीन÷युगाण्डा, ४ जेठ (रासस÷सिन्ह्वा)  अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् ।

चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

सो बर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ ।

त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन् ।

धेरै जना घरबार बिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक बर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter