संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ जेठ (रासस÷एएफपी) प्यालेष्टिनी नागरिकको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ स्वरूप कुवेतले संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रलाई एक सङ्कल्प प्रस्ताव पठाएको एएफपीलाई शुक्रबार प्राप्त भएको पत्रमा भनिएको छ ।
प्रस्तावमा भनिएको छ, “प्यालेष्टिनी नागरिकको ज्यानमाथिको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ अन्तर्गत पत्राचार गरिएको छ ।”
प्यालेष्टिनीले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्वीकार गर्दै इजरायलका लागि अमेरिकी राजदूतावासलाई तेल अभिभबाट सार्ने निर्णयको विरोधमा गाजा क्षेत्रमा भएका प्रदर्शनमा गत सोमबार ६० जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्ति घाइते भएको घटनापछि कुवेतले उक्त प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषद्का अन्य सदस्य राष्ट्रलाई पठाएको हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू