कञ्चनपुर, ४ जेठ (रासस) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ ।
नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो ।
हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पु¥याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् ।
१३ हजार ५४५ वर्गमिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । ऋण निकालेर केरा खेती गरेको थिएँ, उहाँले भन्नुभयो, “सबै हुरीबतासले उडाएर लगेपछि ऋण कसरी तिर्ने भन्ने पिरलो भएको छ ।”
–––
तपाईंको प्रतिकृयाहरू